काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका बाँकि पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो
तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती
तराई क्षेत्रका केही स्थानमा कुहिरो/कुहिरो लाग्ने छ । कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।
चेतावनी तथा परामर्श
देशका तराई भू-भागमा बिहानपख लाग्ने हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ ।












