काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो
तराई भू-भागका केही स्थानहरूमा लागेको हुस्सु/कुहिरो मध्यान्न सम्म सुधार हुने सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राती
तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
चेतावनी तथा परामर्श
देशका तराई भू-भागमा बिहानपख लाग्ने हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ ।












