३ फाल्गुन २०८२, आइतबार

२०८२ पुस ११ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान


आजको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल तराईका धेरै स्थानहरूमा हुस्सु्/कुहिरो लागेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।

दिउँसो

तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू-भागमा बिहान केही समय तथा बाँकी तराई भू-भागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ ।

राती

तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहनेछ ।

चेतावनी तथा परामर्श

देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !