४ फाल्गुन २०८२, सोमबार

२०८२ मंसिर २८ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान


आजको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगयात देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । मधेश प्रदेश लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो र बाँकी तराई तथा उपत्यकाका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

दिउँसो

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

राती

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !