काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल दक्षिण-पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू-भागमा हुस्सु लागेको छ ।
राती
देशभर आंशिक बदली रहने छ ।
दिउँसो
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।












