६ फाल्गुन २०८२, बुधबार

शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा


बाघझोडा सिमसार सुन्दरहरैँचा

काठमाबडौँ । मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ । यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए ।

उनका अनुसार वर्षा जारी रहेकाले पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा झापामा १७५ मिलिमिटर वर्षा भएको छ भने इलाममा पनि १५८ मिलिमिटर वर्षा भएको छ ।

शुक्रबार राति पौने ११ बजेसम्मको मौसम विज्ञान विभागको रेकर्डअनुसार गोरखा जिल्लामा पनि १९० मिलिमिटर वर्षा भएको छ ।

सप्तरीमा १५६, उदयपुरमा १०२, मनाङमा ११५, सुनसरीमा ८२, नुवाकोटमा ८९, लमजुङमा ८२ मिलिमिटर वर्षा भएको छ । राति भने पूर्वको कोशी प्रदेश र थोरै मधेस प्रदेश केन्द्रित वर्षा हुने विभागले जनाएको छ ।

यस्तै बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि वर्षा हुने छ । राति देखिनै विस्तारै बदलीमा सुधार हुँदै जाने पनि जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !