६ फाल्गुन २०८२, बुधबार

नेपालबाट बाहिरिन सुरु गर्यो यसवर्षको मनसुन


यसवर्षको मनसुन

काठमाडौँ । यसवर्षको मनसुन बाहिरिन सुरू गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सोमबार दिउँसो सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको हो ।

तर लुम्बिनीको मध्य र पूर्वी भूभाग, गण्डकीको पूर्वी भूभाग र बाँकी प्रदेशमा भने मनसुनी वायु बाँकी नै रहेको छ। मनसुनी वायु कमजोर हुँदै गइरहेकाले यी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।

नेपालबाट अक्टोबर २ अर्थात् असोज १६ गते मनसुन सरदर बाहिरिने गरेको थियो। यसपालि केही ढिला गरेर मनसुन बाहिरिन सुरू गरेको छ। मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले बताएको छ।

नेपालमा गत जेठ १५ गते मनसुन भित्रिएको थियो। जुन १३ अर्थात जेठको २८ गते मनसुन भित्रने सरदर मिति भए पनि यसपालि दुई साताअघि नै मनसुन भित्रिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !