काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । साथै बिहानको समयमा तराई तथा उपत्यका थोरै स्थानहरूमा हुस्सु/कुहिरोको लागेको छ ।
दिउँसो
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहने छ ।
राती
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा साथै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र गण्डकी प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र गण्डकी प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने छ । साथै बिहानको समयमा तराई तथा उपत्यका थोरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।