काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्विनी प्रदेश र कोशी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहि र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मध्य र पुर्वी तराइका धेरेे भू-भागमा हुस्सु र थोरै भू-भागमा कुहिरो लागेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा पनि भइरहेको छ ।
२०८१ मंसिर २४ गते (सोमबार)
दिउँसो
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्विनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भु-भागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।
राती
कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।
२०८१ मंसिर २५ गते (मंगलबार)
दिउँसो
कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
राती
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
२०८१ मंसिर २६ गते (बुधबार)
दिउँसो
कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
राती
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ र बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।