४ आश्विन २०८१, शुक्रबार

२०८१ असोज ४ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान


जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ ।

दिउँसो

देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी , बागमती र कर्णाली प्रदेशका केही स्थानहरुमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरुमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !