१३ आश्विन २०८१, आइतबार

२०८१ वैशाख २१ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो

लुम्बिनी, गण्डकी,कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक वदली भई बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ ।

राती

सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिकदेखि साधारणतया वदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी र गण्डकी प्रदेशका एक दुइ स्थानमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !