काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
हाल मौसमको अवस्था
हाल देशभर आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । सुदुर पश्चिम प्रदेश, लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
२०८० श्रावण ४ गते (बिहीबार)
दिउँसो
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०८० श्रावण ५ गते (शुक्रबार)
दिउँसो
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भाग एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०८० श्रावण ६ गते (शनिबार)
दिउँसो
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भाग एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भाग एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तसर्थ हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।