काठमाडौँ, चैत ११ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।
२०७९ चैत ११ गते (शनिवार)
दिउँसो
कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी ,बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती
देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७९ चैत १२ गते (आइतवार)
दिउँसो
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती
कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७९ चैत १३ गते (सोमबार)
दिउँसो
देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशहरुको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती
देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशहरुको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।