काठमाडौँ, माघ २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन ।
हाल मौसमको अवस्था
हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ ।
२०७९ माघ २० गते (शुक्रबार)
दिउँसो
प्रदेश नं. १ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती
प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
२०७९ माघ २१ गते (शनिबार)
दिउँसो
प्रदेश नं. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती
प्रदेश नं. १, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ माघ २२ गते (आइतबार)
दिउँसो
प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती
देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।