७ असार २०८१, शुक्रबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, असार २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

२०७९ असार २९ गते (बुधबार)

दिउँसो

देशभर सामान्य बदली रहनेछ। देशका प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भु-भाग लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती

देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ असार ३० गते (बिहिबार)

दिउँसो

देशभर सामान्य बदली रहनेछ । देशका लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र बांकी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ असार ३१ गते (शुक्रबार)

दिउँसो

देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशको लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरुमा र तराई भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बांकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भु-भाग लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !