१२ असार २०८१, बुधबार

२०७९ असार २३ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, असार २३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशका गण्ड्की लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो

देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आँशिक देखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !