१२ असार २०८१, बुधबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, असार १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर ( नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

२०७९ असार १६ गते (बिहिबार)

दिउँसो

देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ असार १७ गते (शुक्रबार)

दिउँसो

देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

२०७९ असार १८ गते (शनिबार)

दिउँसो

देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !