काठमाडौँ, चैत २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भू-भागका केही स्थानहरुमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राती
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश नं १ को पहाडी भू-भागका केही स्थानहरुमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको तथा पश्चिम तराईका भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन सबैमा विभागले अनुरोध गरेको छ ।