२२ कार्तिक २०८१, बिहीबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, चैत १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहेको छ ।

२०७८ चैत्र १२ गते (शनिबार)

दिउँसो

प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

राती

प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ चैत्र १३ गते (आईतबार)

दिउँसो

प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

राती

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ चैत्र १४ गते (सोमबार)

दिउँसो

प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

राती

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न तथा पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !