१२ असार २०८१, बुधबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, फागुन २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल मौसमको अवस्था

देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

२०७८ फागुन २१ गते (शनिबार)

दिउँसो

देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।

राती

देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।

२०७८ फागुन २२ गते (आईतबार)

दिउँसो

देशको सुदुरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशको सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ फागुन २३ गते (सोमबार)

दिउँसो

देशभर अंशिक देखि सामान्य बदली रहने छ । गण्डकी र सूदुर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती

देशको पहाडी भू-भागमा अंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !