२ जेष्ठ २०८१, बुधबार

२०७८ साल माघ २४ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, माघ २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशको पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रहेको छ ।

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ ।

राती

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका तराई भू-भागमा बिहान हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !