१८ असार २०८१, मंगलबार

२०७८ साल माघ २३ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, माघ २३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । तराई भू-भागका केहि स्थानमा हुसु/कुहिरो लागेको छ ।

दिउँसो

देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

राती

प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका तराई भू-भागमा हुसु/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !