७ जेष्ठ २०८१, सोमबार

२०७८ साल पुस १९ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, पुस १९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल मौसमको अवस्था

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । उपत्यका र तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो

देशभर आंशिक बदली रहनेछ ।

राती

देशभर आंशिक बदली रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

बिहानीपख उपत्यका लगायत तराईका जिल्लाहरुमा हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !