काठमाडौँ, पुस १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।
हाल मौसमको अवस्था
हाल देशका प्रदेश न १ र वागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुमा आँशिक बदली रहेको छ । साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
२०७८ पौष १८ गते (आईतबार)
दिउँसो
देशभर आंशिक बदली रहनेछ ।
राती
देशभर आंशिक बदलीको रहने छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ पौष १९ गते (सोमबार)
दिउँसो
देशभर आंशिक बदली रहनेछ ।
राती
देशभर आंशिक बदलीको रहने छ ।
२०७८ पौष २० गते (मंगलबार)
दिउँसो
देशभर आंशिक बदली रहनेछ ।
राती
सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै बिहानीपख उपत्यका लगायत तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।