२० असार २०८१, बिहिबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, पुस १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल प्रदेश नं १ र बांकी पहाडी भु-भागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

२०७८ पौष १ गते (बिहीबार)

दिउँसो

प्रदेश १ तथा बांकी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७८ पौष २ गते (शुक्रबार)

दिउँसो

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

राती

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

२०७८ पौष ३ गते (शनिबार)

दिउँसो

देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा तथा बांकी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

राती

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !