१८ असार २०८१, मंगलबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, मंसिर ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ ।

दिउँसो

देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखि सामान्य बदली रहने छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती

देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखी सामान्य बदली रहने छ । कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ ।

२०७८ मंसिर ०५ गते (आईतबार)

दिउँसो

देशका पहाडी भु-भागमा सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ । बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भु-भागमा सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ । कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ मंसिर ०६ गते (सोमबार)

दिउँसो

देशका पहाडी भु-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ ।

राती

देशका पहाडी भु-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भू-भागहरुमा वदली भई देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । सो प्रणालीको प्रभावले देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुँवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाई यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !