५ आश्विन २०८१, शनिबार

२०७८ साल कार्तिक २४ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन ।

हाल मौसमको अवस्था

हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसो बाट बच्न सामान्य सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !