काठमाडौँ, असोज १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ ।
हाल मौसमको अवस्था
हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
दिउँसो
देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती
देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।