५ आश्विन २०८१, शनिबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम सफा

काठमाडौँ, भाद्र २६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापिय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आँशिक देखि सामान्य वदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

२०७८ भाद्र २६ गते (शनिबार)

दिउँसो

देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र २७ गते (आइतबार)

दिउँसो

देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र २८ गते (सोमबार)

दिउँसो

देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !