काठमाडौँ, भाद्र २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
(बिहान ६ बजे)
मौसम विश्लेषण
हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ । साथै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको छ ।
हाल मौसमको अवस्था
हाल देशभर आँशिक देखि सामान्य वदली रही प्रदेश नं १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ ।
दिउँसो
देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती
देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।