काठमाडौँ, श्रावण १९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
(बिहान ६ बजे)
मौसम विश्लेषण
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
हाल देशका अधिकांस भू-भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्विनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भई रहेको छ ।
दिउँसो
देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,बागमती, गण्डकी, कर्णाली, सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
राती
देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १,बागमती, गण्डकी र लुम्विनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, बागमती, गण्डकी, लुम्विनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।