काठमाडौँ, जेठ २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
(बिहान ६ बजे)
मौसम विश्लेषण
हाल देशको पुर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ ।
दिउँसो
देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
साँझ
देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, वागमती प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशका भू-भागका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।