८ मंसिर २०८१, शनिबार

२०७८ साल जेठ १८ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, जेठ १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

हाल मौसमको अवस्था

हाल प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र देशका अन्य भू-भागहरुका स्थानहरुमा आंशिक बदली रही प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश एक दुइ स्थानहरुमा हल्का वर्षा भएको छ ।

दिउँसो

देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशभर केहि स्थानहरूमा मेघगर्जन /चट्याङ्ग /हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

राती

प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र वाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकि प्रदेशमा एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !