१९ असार २०८१, बुधबार

२०७८ साल जेठ ४ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, जेठ ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ-ते “TaukTae” को प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर सामान्य बदली रहेको छ ।

दिउँसो

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ ।

राती

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !