१५ असार २०८१, शनिबार

२०७८ साल बैशाख १२ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, बैशाख १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।

हाल मौसमको अवस्था

हाल देशको पहाडी भू-भागमा आंशिक बादली रहेको छ। बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहान

देशका धेरैजसो स्थानहरुमा आँशिक बदली रहनेछ । प्रदेश नं १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १ का एक दुई स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको छ । साँझपख सतर्कता अपनाउँन विभागले अनुरोध छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !