काठमाडौँ, वैशाख १० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
(बिहान ६ बजे)
मौसम विश्लेषण
हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।
हाल मौसमको अवस्था
देशको पहाडी भू-भागहरूमा आशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ बैशाख १० गते (शुक्रबार)
दिउँसो
देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
राती
देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भू-भागहरुमा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७८ बैशाख ११ गते (शनिबार)
बिहान
देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
राती
देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ ।
२०७८ बैशाख १२ गते (आइतबार)
बिहान
देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ ।
राती
देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।