२० कार्तिक २०८१, मंगलबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना मौसम

काठमाडौँ, चैत्र १६ ​। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशको पश्चिमी पहाडी भु-भागहरुमा आंशिक देखी सामान्य बदलिको अवस्था रहेको छ भने बांकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र १६ गते (सोमबार)

दिउँसो

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश १ लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १७ गते (मंगलबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १८ गते (बुधबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकि पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मति प्रदेश, गणडकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !