१५ असार २०८१, शनिबार

आज कार्तिक ३० गते आइतबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक ३० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ ।

हालको मौसमको अवस्था

देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका भु-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम बर्षाको सम्भावना छ । साथै, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम बर्षाको सम्भावना छ र सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !