काठमाडौँ, कार्तिक २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
(बिहान ६ बजे)
मौसम विश्लेषण
उल्लेखनीय मौसमी प्रणाली छैन ।
हालको मौसमको अवस्था
हिमाली भूभागमा आंशिका बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो
सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती
देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
छैन ।