१२ असार २०८१, बुधबार

आज असोज १७ गते शनिबार देशभरको मौसम पूर्वानुमान


जल तथा मौसम विज्ञान विभाग

असोज १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

वंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशका प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदलीको र बाँकी प्रदेशहरुको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

दिउँसो

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !