१२ असार २०८१, बुधबार

आज असोज १६ गते शुक्रबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

असोज १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

उत्तर पश्चिम वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशका पहाडी भू-भाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसो

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

उल्लेखनीय चेतावनी छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !