३ आश्विन २०८१, बिहीबार

आज भाद्र २० गते शनिबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

भाद्र २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ ।

हालको मौसमको अवस्था

हाल प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बलदी भई बांकी प्रदेशहरुमा आंशिक देखि सामान्यतया बदलीको आवस्था रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

दिउँसो

देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षा को सम्भावना रहेको छ ।

राती

देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, गण्डकी प्रदेश, तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !