२ कार्तिक २०८१, शुक्रबार

आज भाद्र १५ गते सोमबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

भाद्र १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।

हालको मौसमको अवस्था

हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भएको छ।अन्य भु-भमगमा आंशिक बदली रहेको छ ।

दिउँसो

देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !