२२ भाद्र २०८१, शनिबार

मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना


वर्षा, बाढी

काठमाडौँ, ३१ साउन । आज शनिबार पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेकाले मौसम सामान्यतया बदली भई धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ । विभागले अहिले बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश , प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

विभागले भारी वर्षा हुने सम्भावना रहेका स्थानमा उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !