१८ असार २०८१, मंगलबार

आज साउन २० गते मंगलबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

साउन २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिणतर्फ अवस्थित छ ।

हालको मौसमको अवस्था

देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशभर आंशिक बादली रहेता पनि अपरान्ह पछि सामान्य बदली रही प्रदेश न. १, प्रदेश न. २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्य बदली रही सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !