१८ असार २०८१, मंगलबार

आज साउन १३ गते मंगलवार देशभरको मौसम पूर्वानुमान


मौसम

साउन १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

हालको मौसमको अवस्था

देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

दिउँसो

देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती

देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदुर पश्चिमका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशको एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !