१८ असार २०८१, मंगलबार

आज साउन ८ गते विहीबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

साउन ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा पश्चिमि भू-भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू-भागमा नेपाल नजिक रहेको अवस्था छ।

हालको मौसमको अवस्था

देशभर आँशिकदेखि सामान्य बदली रही बागमाती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भईरहेको छ ।

दिउँसो

देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती

देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १ र प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५का एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !