८ पुस २०८१, सोमबार

आज साउन ३ गते शनिबार देशभरको मौसम पूर्वानुमान


जल तथा मौसम विज्ञान विभाग

साउन ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ ।

हालको मौसमको अवस्था

देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

दिउँसो

देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती

देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना भएकोले सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !