१८ असार २०८१, मंगलबार

आज साउन २ गते शुक्रबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

साउन २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ ।

हालको मौसमको अवस्था

देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

दिउँसो

देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती

देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षा (Heavy Rain) समेत हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !