१८ असार २०८१, मंगलबार

आज असार २५ गते बिहीबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

असार २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

दिउँसो

देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !